भारतमा उद्धारकर्ताले विगत ९ दिनदेखि उत्तराखण्डस्थित एक सुरुङमा फसेका ४१ जना कामदारलाई उद्धार गर्ने विकल्पका रूपमा नयाँ सुरुङ खन्ने योजना अघि सारेका छन्।
काठमाडौँ– भारतीय उद्धारकर्मीले उत्तराखण्डमा नौ दिनदेखि सुरुङमा फसेका कामदारको सकुशल उद्धार गर्नका लागि संघर्ष गरिरहेका छन्। पछिल्लो प्रयास असफल भएपछि उनीहरूको उद्धारका लागि नयाँ सुरुङ खन्ने प्रयास गरिरहेको छ।
सुरुङको एक भाग भत्किएपछि एक्स्काभेटरले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कंक्रिट र जम्मा भएको फोहोर पन्छाउने काम गरिरहेका छन्। निरन्तर खसेको माटोका साथै ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा उद्धार प्रयास सुस्त बनेको छ। वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्टमार्फत ल्याएको थियो।
इन्जिनियरहरूले बन्द भएको भागबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सो गरी भित्र घुसाउने प्रयास गरिरहेका छन्। पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुने अपेक्षा गरिएको छ। तर अधिकारीहरूका अनुसार मेसिनको ड्रिलिङको कर्कश आवाजले ‘आतंकको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो। उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत नयाँ सुरुङ खन्ने तयारी गरिरहेको छ।
उत्तराखण्डको ठूलो भाग पहिरोको जोखिममा रहेको उल्लेख गर्दै विज्ञहरूले उक्त राज्यमा व्यापक निर्माणको असरका बारेमा चेतावनी दिएका छन्।
“हरम्भव प्रयास भइरहेको छ”, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार एक विज्ञप्तिमा भने, “सुरुङभित्र फसेका कामदार सुरक्षित छन्।” उनले संकटबारे प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको जानकारी दिए।
वरिष्ठ स्थानीय निजामती कर्मचारी अभिषेक रुहेलाले नयाँ ड्रिलिङ साइटसम्मको ट्र्याक तीन–चौथाइ बनाइएको जानकारी दिए। “सुरुङमाथि ड्रिलिङको काम भइरहेको छ, एक हजार दुई सय मिटर लामो सुरुङमध्ये नौ सय मिटरसम्म काम भइसकेको छ,” उनले भने।
सुरुङमा फसेका कामदारसँग उद्धारकर्मीहरूले रेडियोमार्फत कुराकानी गरेका छन्। साथै उनीहरूले खाना, पानी, अक्सिजन र औषधि पनि साँघुरो पाइपबाट पठाइरहेका छन्। कामदारहरूलाई ठूलो प्याकेटमा खाना पठाउने योजनासमेत बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
