काठमाडौँ प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई एक महिनासम्मका लागि निषेधित घोषणा गर्दै ५ जनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, धर्नाजस्ता विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।
काठमाडौँ– काठमाडौँ प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई एक महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार एक आदेश जारी गर्दै मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषित गरिएको जानकारी दिएका हुन्।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित घोषित गरिएको छ।
यो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाए।
एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति समय र स्थानमा भेला भई विरोध प्रदर्शनका कार्यक्रम गर्दा मुठभेड तथा भिडन्तको अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुने सक्ने भन्दै यस्तो निर्णय गरिएको काठमाडौँ प्रशासनले जनाएको छ।
माइतीघर क्षेत्रमा गणतन्त्र विरोध अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईं र नेकपा एमालेनिकट युवा संघ नेपालले एकै दिन कार्यक्रम गर्न लागेका थिए। उनीहरूका कार्यक्रमले शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्ने आकलन गर्दै काठमाडौँ प्रशासनले यस्तो निर्णय गरेको हो।
यी स्थानमा नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवं महत्त्वपूर्ण प्रतिष्ठानसमेत रहेका, सार्वजनिक सेवा प्रदायक निकायहरूको कामकारबाही, सार्वजनिक सम्पत्ति संरक्षण एवं सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न जाने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको प्रजिअ बस्नेतले जारी गरेको आदेशमा भनिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
