प्रधानमन्त्री दाहालले संघीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानून बनाउने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८० समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता जनाएका हुन्।
“बेवारिसे, असहाय, अनाथ, अशक्त र जोखिममा परेका मानसिक असन्तुलन भएका सडक आश्रित मानवहरूको समुचित व्यवस्थापन गर्न संघीय संसद्को आउँदो अधिवेशनमा विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्दछु” उनले भने।
प्रधानमन्त्री दाहालले मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोगका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए। उनले सातै प्रदेशमा आश्रमलाई असक्तहरूलाई ओसार प्रसार गर्ने गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाए।
“मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार तथा उत्थानलगायत अत्यावश्यक सेवाहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध छ,” उनले भने, “आजै हामीले तपाईंहरूले भनेजस्तो सातै प्रदेशमा अशक्तहरुलाई ओसार प्रसार गर्ने गाडी उपलब्ध गराउने निर्णय भएको जानकारी गराउन चाहन्छु।”
संघ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक आश्रित मानवको व्यवस्थापन गर्न आ–आफ्ना तर्फबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल र समन्वय गरिने उनको भनाइ छ।
कार्यक्रममा गत असोज २६ गतेदेखि मंसिर ३ गतेसम्म भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राबारे जानकारी दिइएको थियो। अभियानका क्रममा तीन सय सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी उनीहरूको मानवोचित व्यवस्थापन गरिएको मानव सेवा आश्रमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
