कोशी, बागमती र गण्डकीका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ। 

यसैगरी, राति लुम्बिनी, कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हल्का हिमपातको सम्भावना छ। 

देशभर नै चिसो बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।