खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कास्की– पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि सोमबार साँझ प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो।
उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
