ताप्लेजुङका हिमाली बस्तीमा बसोबास गर्ने समुदाय चौँरीपालनमा निर्भर हुँदै आएको छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। तर, नाका बन्द हुँदा किसानले चौँरी बिक्री गर्न पाएका छैनन्।
फुङ्लिङ– मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जी शेर्पा गोठमा रहेका चौँरी नबिकेर निराश छन्। चीनसँगको टिपताला नाका नखुल्दा उनले चार वर्यदेखि चौँरी बेच्न पाएका छैनन्। आम्दानीको अरू बाटो नभएका उनलाई चौँरीलाई पाल्न र गुजारा चलाउन कठिन परिरहेको छ। “बिक्री नभएपछि गोठमा चौँरीको संख्या पनि बढ्दो छ। घाँस नुन पुर्याउन नै कठिन हुन थालेको छ,” उनले भने।
शेर्पाको पुर्ख्यौली पेसा नै चौँरीपालन हो। सानैदेखि चौँरीपालन गरेका उनी केही समयअघि भने होटेल व्यसायमा लागेका थिए। संखुवासभा जिल्ला र काठमाडौँमा १३ वर्ष होटेल सञ्चालन गरे। सो व्यवसाय गर्दा आफ्नो पुर्खाले गरेको चौँरीगोठ सम्झना आइरहन्थ्यो। “होटेल व्यवसाय मन परेन, बिक्री गरेर पुर्ख्यौली पेसामा नै फर्किन मन लाग्यो,” उनले भने, “तर, अहिले यता पनि बिजोग भयो।”
शेर्पासँग अहिले २५० भन्दा बढी चौँरी छन्। चार वर्ष अगाडि एउटा चौँरी ७० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्ममा चीनमा निर्यात हुन्थ्यो। चिनियाँ बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटेल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले पछुतो मानिरहेका छन्।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौँरी गाईसँग रमाउन थालेको ६५ वर्ष भयो। समुद्र सतहबाट चार हजार ३०० मिटर उचाइको मौवाटारमा उनको गोठ छ। छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ४० छन्। १२ दुहुना छन्। विगतमा चौँरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुने भए पनि अहिले ठप्प भएको उनले सुनाए। “चौँरी बिक्री नहुँदा आम्दानी पनि छैन। अहिले चौँरीलाई नुन खुवाउनसमेत मुस्किल भएको छ,” उनले भने।
गोठको दैनिकी कठिन बन्दै गएको उनको भनाइ छ। बिहान झिसमिसेदेखि चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ। चौँरीलाई चरन क्षेत्रमा पुर्याएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदा घाम क्षितिजपारि पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ। उनी भन्छन्, “तर, पनि कमाई छैन। के गर्नु?”
मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा पनि चौँरीगोठमा चौँरी स्याहार्नमा व्यस्त छन्। शेर्पाले पनि विगत चार वर्षदेखि चौँरी बिक्री गर्न सकेका छैनन्। मौवटारमा चार, सिजेमा पोखरी क्षेत्रमा दुई र याङमामा चौँरीका नौवटा घुम्तीगोठ छ। मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७ घुम्ती गोठ रहेको गाउँपालिका पशु शाखाका प्राविधिक महेन्द्र अधिकारीले बताए।
हिमाली जिल्ला ताप्लेजुङमा धेरै लेकाली बस्ती छन्। हिमाली बस्तीमा बसोबास गर्ने समुदाय चौँरीपालनमा निर्भर हुँदै आएको छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरी पालनप्रति आकर्षित हुने गर्थे।
तर, कोभिड–१९ का कारणले गर्दा बन्द भएको टिपताला नाका चार वर्षमा पनि नखुल्दा चौँरीपालक चिन्तित बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
