गोरखा नगरपालिका–१३ का जीतबहादुर भट्टले बर्षौँदेखि बाँझो रहेको १०३ रोपनी जमिन भाडामा लिएर व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरेका छन्।
गोरखा– गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब १०३ रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न शुरूआत गरिएको छ। स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी खेती थालेका हुन्।
अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए। वार्षिक एक लाख ५० हजार रुपैयाँ भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ।
यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेका छन्। “अहिले करिब ४० रोपनी जमिनमा बेर्ना लगाइसकिएको छ, आफैँले नर्सरीमा उत्पादन गरेको बेर्ना लगाएको छु,” उनले भने, “अझै करिब ६३ रोपनीभन्दा बढी बाँकी जमिनमा रोप्नका लागि बेर्ना तयारी अवस्थामा छ।”
करिब चार लाख लगानीमा शुरू गरेको अकबरे खुर्सानी खेतीबाट वार्षिक ३७ लाखभन्दा बढी आम्दानी हुने अपेक्षा रहेको उनको भनाइ छ। “बेर्ना लगाएको पाँच महिनामा खुर्सानीको राम्रो उत्पादन शुरू हुन्छ,” उनले भने, “उत्पादन दिन थालेपछि एउटै बोटले तीन वर्ष राम्रोसँग उत्पादन दिन्छ।” उनले चार जनालाई फार्ममा रोजगारीसमेत दिएका छन्।
उत्पादित खुर्सानी बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उनले बताए। “प्रतिकिलो बजारमा न्यूनतम २०० मा सजिलै बिक्री हुन्छ,” उनले भने, “रातोमाटोमा उत्पादन हुने खुर्सानीको अरू माटोमा उत्पादन हुनेभन्दा अझ बढी स्वादिष्ट र पिरो हुने भएकाले पनि बजारमा यस क्षेत्रमा उत्पादन हुने अकबरे खुर्सानीको राम्रो माग छ।”
किसान भट्टले आफूले उत्पादन गरेको खुर्सानी चितवनस्थित अचार उद्योगमा बिक्री गरिरहेको बताए। त्यसबाहेक गोरखा सदरमुकाम, काठमाडौँको कालीमाटी, तनहुँको खैरेनीटार, पोखरालगायत क्षेत्रमा पनि बिक्री हुने गर्छ। कृषि ज्ञान केन्द्र गोरखाबाट प्राविधिक ल्याएर माटोसमेत परीक्षण गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
