सर्कसबाट भागेको ६ घण्टापछि बल्ल प्रहरी र सर्कसका कर्मचारीहरू मिलेर सिंहलाई समात्न सफल भए।
सर्कसको होस् या जंगलको, सिंह त सिंह नै हो नि! खुलेआमा घर वरपर डुलेको देख्दा मानिसहरूमा त्रास छाइहाल्छ।
यस्तै घटना घटेको छ इटालीमा। 'जंगलको राजा' सिंह त्यहाँको एक बस्तीमा पसेर मस्तसँग डुलिरह्यो। यही नोभेम्बर ११ को साँझ राजधानी रोम नजिकै लाडिस्पोली भन्ने टाउनमा पसेको सिंहले सडकमा यताउती गरिरह्यो। मानिसहरू डराएर घरबाहिर निस्किन सकेनन्।
द टेलिग्राफका अनुसार त्यो दिन साँझतिर त्यहाँको एक सर्कसबाट किम्बा नाम गरेको सिंह बाहिर निस्केको थियो। सडकमा डुल्न थालेपछि स्थानीयहरू आत्तिए। त्यसपछि त्यहाँका मेयर अलेसेन्द्रो ग्रान्डोले स्थानीयहरूलाई घरभित्रै बस्न आग्रह गरे। उक्त सिंहलाई समात्न प्रहरी र सर्कसका कर्मचारीलाई खटाइयो। प्रहरीले हेलिकप्टरबाट इन्फ्रारेड क्यामेरा प्रयोग गरेर सिंहमाथि नजर लगाइरहे।
सर्कसबाट भागेको ६ घण्टापछि बल्ल प्रहरी र सर्कसका कर्मचारीहरू मिलेर सिंहलाई समात्न सफल भए।
मेयरले शहरमा सिंहसहितको सर्कस सञ्चालनको अनुमति आफूले नदिएको र त्यसलाई रोक्ने अधिकार पनि आफूसँग नभएको बताएका छन्। जनावर अधिकारकर्मीहरूले सर्कसमा जनावरलाई प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।
हेर्नुस् भिडियो:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
