प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय राहदानीबाहक किम रोसांगी रहेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
उनको साथबाट एक किलो ९७३ ग्राम अवैध लागुऔषध कोकिन भेटिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार सोमबार हिमालय एयरलाइन्सको उडान नम्बर एच९५६४ बाट दोहा हुँदै काठमाडौँ अवतरण गरेकी थिइन्।
विमानस्थलको आवागमन कक्षमा चेकजाँच गर्दा कालो सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाइ कालो प्लास्टिकमा लुकाइ राखेको लागुऔषध कोकिन भेटिएको थियो।
प्रहरीले लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय तस्करी नियन्त्रण तथा अनुसन्धानका लागि विशेष सूचनाका आधारमा निगरानी गर्दा उनी पक्राउ परेको जनाएको छ। उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
