कम्पनीको नयाँ उत्पादन ‘द इडिसन मसिन’को रिपोर्ट होल्मसले डाक्टर र बिरामीबाट जानाजान गोप्य राखेको तर्क वकिलहरूको क्यालिफोर्नियास्थित सान होसेमा चलेको बहसका क्रममा गरेका थिए।
अमेरिकी स्वास्थ्य प्रविधिसम्बन्धी कम्पनी थेरानोस संस्थापक एलिजाबेथ होल्मस्लाई त्यहाँको एक अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ।
थेरानोसले केही थोपा रगत जाँचबाटै क्यान्सर, मधुमेहलगायतका रोग पत्ता लगाउन सक्ने नयाँ प्रविधि विकास गरेको दाबी गरेको थियो। तर, अदालतले थेरानोसले नयाँ प्रविधि विकास गरेको दाबीलाई झुटा ठहर गर्दै संस्थापक होल्मस्लाई भ्रम फैलाएको र ठगी गरेको आरोपमा दोषी ठहर्याएको हो।
क्यालिफोर्नियास्थित अदालतका न्यायाधीश इडवार्ड डेभिलाको इजलासले होल्मस्लाई ११ वर्षको जेल सजायको फैसला गरेको छ। अदालतले होल्मस्ले आफ्नो कार्यमार्फत लगानीकर्ताको १२ करोड १० लाख अमेरिकी डलर नोक्सान गरेको ठहर गरेको छ।
उनीविरुद्ध छुट्टाछुट्टै चारवटा ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। त्यसमध्ये एउटा मुद्दाको फैसला आएको हो। अन्य मुद्दाको सुनुवाइ बाँकी रहेको बताइएको छ। उनले अदालतको आदेशविरुद्ध अपिल गर्ने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ।
परिवार, साथी र पूर्वसहकर्मीसहित १३० जनाले होल्मस्ले गलत मनसाय नराखेको भन्दै उनलाई माफी दिन अदालतमा अपिल गरेका छन्। उनले सन् २०२१ मा छोरालाई जन्म दिएकी थिइन्। उनी फेरि गर्भवती छन्। सुत्केरी नहुँदासम्म उनलाई जेल जानबाट रोक्ने प्रयासमा वकिलहरू रहेको बताइएको छ।
अदालतको आदेशपछि ३८ वर्षीया होल्मस्ले आफ्नो कारणले पर्न गएको क्षतिप्रति माफी माग्दै आफू पीडामा रहेको बताएकी छिन्। उनले कम्पनीका लगानीकर्ता र बिरामीसँग माफी मागेको बीबीसीले उल्लेख गरेको छ।
उनले भनिन्, “आफ्नो असफलताबाट म विक्षिप्त छु। मेरा कारणले पर्न गएको क्षतिप्रति गहिरो पीडा महसुस गरेको छु। आफ्नो असफलताप्रति मलाई पछुतो छ।” न्यायाधीशले पनि बयानमा होल्मस् उत्कृष्ट उद्यमी भएको भन्दै प्रशंसा गरेका थिए।
यसअघि होल्मस्विरुद्ध परेका उजुरीमाथि तीन महिनासम्म अनुसन्धान भएको थियो। त्यसपछि गत जनवरीमा अभियोजनकर्ताले अदालतमा मुद्दा दायर गरेका थिए।
स्ट्यानफोर्ड विश्वविद्यालयको पढाइ छाडेर १९ वर्षकै उमेरमा उनले थेरानोसको स्थापना गरेकी थिइन्। त्यस कम्पनीले रोग पत्ता लगाउन नयाँ प्रविधि विकासमार्फत क्रान्ति नै ल्याउने दाबी गरेपछि कम्पनीको सेयरमूल्य उच्च वृद्धि भएको थियो। कुनै समय उनको कम्पनीको मूल्य ९ अर्ब अमेरिकी डलरसम्म पुगेको थियो।
तर, कम्पनीले दाबी गरेजस्तो प्रविधि विकास नगरेको र भ्रम मात्रै फैलाएको भन्ने आरोपपछि मुद्दा मामिलाका झेल्दै आएको थियो। दाबी गरेजस्तो काम नदेखिएको र व्यावसायिक नीतिमाथि समेत प्रश्न उठ्न थालेपछि कम्पनी सन् २०१८ मा बन्द भएको थियो।
कम्पनीको नयाँ उत्पादन ‘द इडिसन मसिन’को रिपोर्ट होल्मस्ले डाक्टर र बिरामीबाट जानाजान गोप्य राखेको तर्क वकिलहरूले क्यालिफोर्नियास्थित सान होसेमा चलेको बहसका क्रममा गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
