नेप्से २३.८२ अंकले घटेर १८२९.६५ को विन्दुमा कायम

मंगलबार म्युचुअल फन्ड समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २३.८२ अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक १.२८ प्रतिशतले घटेर १८२९.६५ को बिन्दुमा कायम भएको हो।

मंगलबार विभिन्न २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता शेयर ३७ हजार ६०७ पटक खरिदबिक्री हुँदा ९५ करोड चार लाख ७९ हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब एक करोड ८१ लाख ८७ हजार ८८० बराबर पुगेको छ।

मंगलबार म्युचुअल फन्ड समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३.१२ र लघुवित्त समूहको २.८९ प्रतिशतले बढेको छ।

मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला लिमिटेडको शेयर मूल्य ९.७४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सात करोड ७८ लाख २९ हजार २३८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै दुई लाख नौ हजार ७६० कित्ता किनबेच भएको छ।