कस्तो रहनेछ बुधबारको मौसम?

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

साथै, देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।