दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङ मंगलबार साँझ जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
झापा– जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाको मृत्यु भएको छ।
दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो।
तामाङ शिविरको सेक्टर नं २ को हट नं २५२ मा तामाङ बस्दै आएका थिए।
उनी साँझ दाउरा खोज्न जंगल गएका थिए। रातिसम्म साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमा नै मृत भेटिएको वन कार्यालयका प्रमुख राईले बताए।
उता, मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ।
स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी करिब ४०० किलो धान र २०० किलो चामल खाएको पीडित दाहालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
