भीपीएन र डीएनएस प्रयोगबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डेटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौँ– सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।
यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डेटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो।
मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रसारणमा पूर्ण रूपमा बन्देज लगाएको थियो। तर, अझै भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको साइबर ब्युरोका एसपी नरेन्द्र चन्दले बताए।
ब्युरोले भीपीएन, डीएनएस प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना बढिरहेको पाइएको जनाएको छ।
यस्तै गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन पनि एसपी चन्दले अनुरोध गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
