इन्धनसहित ठूलो संख्यामा मानवीय समूह र राहत सहयोग गर्ने विषय पनि सम्झौतामा उल्लेख गरिएको कतारले जनाएको छ।
गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न र चार दिनको लागि युद्धविराम गर्न इजरायल र हमास सहमत भएका छन्। कतारको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ।
“मानवीय विरामको शुरूआती समय २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ,” विज्ञप्तिमा भनिएको छ, “सम्झौतामा इजरायली जेलमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ।”
उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसको संख्या बढाउनेसमेत सहमति भएको समाचार संस्था एफपीले जनाएको छ। “युद्धविराम शुरू हुन्छ र हमासले चार दिनभित्र प्रत्येक दिन बन्धकलाई बाहिर निकाल्नेछन् र चौथो दिनसम्ममा यो संख्या ५० सम्म पुग्नुपर्छ,” कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले भने।
अस्थायी युद्धविराम र मानवीय सहायताका लागि गाजामा बन्दी बनाइएका २४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले केही सातादेखि कतारले वार्ताको मध्यस्थता गरिरहेको थियो। मानवीय आवश्यकताका लागि तोकिएको इन्धनसहित ठूलो संख्यामा मानवीय समूह र राहत सहयोग गर्ने विषय पनि सम्झौतामा उल्लेख गरिएको कतारले जनाएको छ।
अन्सारीका अनुसार इजरायल र हमासबीचको अस्थायी अन्त्य तुरुन्तै लागु हुने छैन। धरातलीय स्तरमा तयार हुनका लागि केही समय आवश्यक हुनेछ। बन्धक र जेलमा रहेका बन्दीको आदानप्रदानमा रेड क्रिसेन्टका कर्मचारीका साथै इजरायल, हमास र कतारका अधिकारीले सहजीकरण गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
