भारतबाट दूध तथा पाउडर आएका कारण नेपालको दूध खपत हुन नसकेको किसानले बताएका छन्। प्रतिलिटर ७९ रुपैयाँमा बिक्री भइरहेको दूध हाल ७० रुपैयाँमा पनि बिक्री हुन छाडेको उनीहरूको गुनासो छ।
नारायणगढ– चितवनको रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म गैह्रसरकारी संस्थामा जागिरे थिए।
जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि जागिर छाडेर गंगा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिक रूपमा गाई पाल्न थाले। केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा ४५ गाई छन्। गाईपालन थालेको १० वर्षमा दूध बिक्रीमा खासै समस्या आएको थिएन तर, यसवर्ष भने बिक्री हुन छाडेको छ। “गत वर्षको दशैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दशैँ–तिहारमा भने दूध बिक्री भएन,” उनले भने।
भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनले नेपालमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लगेको गुनासो गरे। दैनिक ३०० लिटर दूध उत्पादन हुँदै आएको उनको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ।
“भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन। डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो,” उनले भने। केही समयअघि मात्रै ७९ प्रतिलिटरमा बिक्री भएको दूध हाल ७० रुपैयाँमा दिनुपरेको उनको गुनासो छ।
“व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैराश्य भएर छाड्नुपर्ने स्थिति भयो, थापाले भने, “विगतका वर्षमा यस्तो समस्या थिएन। किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन।”
दूध बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च चलाएका यहाँका किसान दूध बिक्री नहुँदा अलमलमा छन्। दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको किसानले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
