वामपन्थी एकता जति गर्यो त्यति फुट्ने भएकाले त्यो सम्भव नरहेको ओलीको भनाइ छ।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता ‘पपुलिस्ट’ कुरा भएको बताएका छन्।
बुधबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले राजनीति शुरू गर्दादेखि नै वाम एकताको माला जपिएको र अब त्यस्ता कुरा नगर्न अनुरोध गरे।
“वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिस्ट कुराहरू हुन्। यस्तो कुरा नगर्न म साथीहरूलाई आग्रह गर्छु,” ओलीले भने, “वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र? वामपन्थी एकता जति गर्यो त्यति फुट्छ। एउटा एकता गराउँदा दुईवटा फुट्छ।” दुईवटा अध्यक्ष राखेर एकता हुन नसक्ने ओलीको भनाइ छ।
२०७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुटेको स्मरण गर्दै उनले भने, “तर, त्यतिबेला पार्टी एकता आवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथ्यौँ। काम गर्न सक्दैनथ्यौँ। हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौँ।”
एमालेले मंसिर १४ गते दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नामक अभियान शुरू गर्ने तयारी गरेको छ।
बैठकमा उक्त अभियानको तयारीलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
