भोलि हुने निर्वाचन (मतदानका)का लागि वसन्तपुरस्थित मतदानस्थललाई अशक्तमैत्री बनाइएको छ। नव आदर्श माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा ५ वटा मतदान केन्द्र रहेका छन्।
काठमाडौँ- मंसिर ४ गते आइतबार (भोलि) हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यमिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थलको कार्य सम्पन्न भएको हो।

काठमाडौँ महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदानस्थल रहेको वसन्तपुर नव आदर्श माध्यमिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरू निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर सिवाकोटीले बताए।
उनले काठमाडौँ क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६२३ जना मतदाताहरू रहेको बताए। उनले सबै निर्वाचन सम्बन्धी काम सकेको बताउँदै मतदान स्थल वृद्ध, अशक्त, अपांगमैत्री बनाएको बताए। मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपांगता भएका नागरिकहरूको लागि छुट्टै व्यवस्था गरिएको बताए।

उनले भने, “काठमाडौँ महानगर वडानम्बर २३ को एउटा मात्रै मतदान स्थल हो। ५ वटा मतदान केन्द्रहरू छन्। ४ हजार ६२३ जना मतदाताहरू हुनुहुन्छ। सबै निर्वाचन सम्बन्धी काम सकेका छौँ। महिला, पुरुष, अन्य, वृद्ध, अशक्त, अपाङ्मैत्री मतदान स्थल बनाएका छौँ। उहाँहरूलाई अलग लाइनको व्यवस्था गरेर हामीले काम सकेका छौँ। कर्मचारीलाई आफ्नो कार्य विभाजनसमेत गरिसकेका छौँ।”

वसन्तपुर नव आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोलिको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र स्वतन्त्र बनाउन कर्मचारीमा कार्य विभाजन गरिसकिएको र सुरक्षाकर्मीहरूलाई पनि तैनाथ गरिएको बताए।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
