विभिन्न समूहले बिहीबारको लागि आह्वान गरेका प्रदर्शनका कारण काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकाले अत्यावश्यक कामका लागि मात्र गाडी लिएर निस्किन आग्रह गरेको हो।
काठमाडाैँ– काठमाडाैँ उपत्यका ट्राफिक कार्यालयले मंसिर ७ गते अत्यावश्यक कामको लागि मात्र गाडी लिएर बाहिर निस्कन आग्रह गरेको छ।
विभिन्न समूहले बिहीबारको लागि आह्वान गरेका प्रदर्शनका कारण काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकाले अत्यावश्यक कामका लागि मात्र गाडी लिएर निस्किन आग्रह गरेको हो। ती समूहद्वारा हुने र्याली तथा जुलुसका कारण उपत्यकाको यातायात व्यवस्था बिथोलिन सक्ने ट्राफिक प्रहरीले जानकारी गराएको छ। साथै ट्राफिक अवस्थाको बारेमा थाहा पाउन मेट्रो एफएम (९५.५ मेगाहर्ज) सुन्न पनि आग्रह गरेको छ।
यस्तै, नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापन गर्ने क्रममा प्रहरीले जुनसुकै स्थानबाट सवारी साधन डाइभर्सन गर्न सक्ने भएकाले आवश्यक सहयोग गरिदिन पनि अनुरोध गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले नेता महेस बस्नेत समूहले मंसिर ७ गतेका लागि काठमाडाैँमा छुट्टाछुट्टै प्रदर्शनको आह्वान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
