बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र शव फेला परेको हो।

चितवन– भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरुषको शव फेला परेको छ। अन्दाजी ४० वर्ष उमेरका जस्तो देखिने दुवै जनाको हाल नाम, थर, वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।

बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले बोरा खोली हेर्दा हात खुट्टा डोरीले बाँधेको अवस्थामा शव फेला परेको हो। उनीहरूको पहिचान तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ।