संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेका छन्। गुटेर्रेसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो द्वन्द्व अन्त्य गर्ने सही दिशामा एउटा महत्त्वपूर्ण कदम हो, तर अझै धेरै गर्न बाँकी छ।”
इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ। “मानवीय विरामको शुरूआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली कारागारहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको संख्या बढाइने सहमति भएको छ।”
अस्थायी युद्धविराम र मानवीय सहायताकालागि पहुँचको सट्टामा गाजामा बन्दी बनाइएका २४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले कतार केही सातादेखि पर्दा पछाडि गहन वार्तामा संलग्न रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
