मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
काठमाडौँ– मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ।
बिहान १: १९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
यसको धक्का काठमाडौँसम्म महसुस गरिएको थियो। मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको हो।
यसअघि मंसिर ४ गते बझाङ केन्द्रबिन्दु ४.५ म्याग्निच्युडकै भूकम्प गएको थियो। यस्तै, कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
उक्त भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका १५४ जनाले ज्यान गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
