कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। 

देशभर तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।