मोटरसाइकल आपसमा ठोक्किँदा सिरहामा ३ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।

सिरहा– सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन्।

बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो। 

डीएसपी पाण्डेका अनुसार दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन्। घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको छ।