बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एशियन पेन्ट्सलाई सरकारले सम्मान गरेको छ।
काठमाडौँ– व्यक्तिगत आयकरतर्फ सबैभन्दा धेरै कर तिर्ने विजयकुमार शाहसहित उत्कृष्ट करदाता सम्मानित भएका छन्।
आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८० का अवसरमा बढी कर तिर्ने १६ जना करदातालाई सम्मान गरेको हो। बिहीबार विभागमा आयोजित कार्यक्रममा व्यक्तिगततर्फ बढी आयकर तिरेकोमा जावलाखेल डिस्टिलरीका संस्थापक साह सम्मानित भएका हुन्।
संस्थागततर्फ आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्कसाथै नियमित करदाता गरी दुई विधामा सूर्य नेपाल प्रालिलाई सम्मान गरिएको छ।
त्यस्तै बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एशियन पेन्ट्सलाई सरकारले सम्मान गरेको छ।
कृषि र पशु क्षेत्रमा ओबिस फुड्स एन्ड फिड, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बिमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन र स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज बढी कर दाखिला गरेकोमा सम्मानित भए।
पर्यटनतर्फ मनकामना दर्शन र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केटलाई पनि सम्मान गरिएको छ। मध्यमस्तरका करदाताअन्तर्गत नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर प्रालि र रेमिट्यान्समा आईएमई रहेका बढी कर तिरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
