प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ।
काठमाडौँ– बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समूहबीच झडप भएको छ।
बल्खुचोकमा भेला भएको प्रसाईंको समूहले मोटरसाइकलमा आइरहेका युवा संघका कार्यकर्तालाई आक्रमण गरेपछि तनावको स्थिति सिर्जना भएको थियो।
रातो क्याप लगाएर आएका कार्यकर्तामाथि प्रसाईं समूहले ढुंगा प्रहार गरेका थिए। त्यसपछि भागाभागको स्थिति बनेको थियो। प्रसाईं समूहले उनीहरूको मोटरसाइकल लडाइदिएका थिए।

दुई पक्ष आक्रमणमा उत्रिएपछि प्रहरीलाई समेत सुरक्षा दिन हम्मे परेको थियो। अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य रहेको छ।
प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी भेला हुने क्रम जारी छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
