मन्त्रिपरिषद् बैठकले विद्युत् सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्नेसमेत निर्णय गरेको छ।
काठमाडौँ– नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जासचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी पाण्डे र उर्जासचिव घिमिरेको राजीनामा स्वीकृत गरेको हो। प्रधानसेनापतिको रोल क्रममा रहेका पाण्डेले उमेर विवादमा परेपछि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।
पाण्डेको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
ऊर्जा मन्त्रालयका सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए। यस्तै, विद्युत् सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्नेसमेत निर्णय भएको उनले बताइन्।
बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ।
प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्यान्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्यांक ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
