दीर्घकालीन रूपमा कुन क्षेत्रमा अवसर छ र कुन क्षेत्रबाट फाइदा आउने सम्भावना हुन्छ, त्यही हिसाबमा लगानी गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।
काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले जथाभाबी बजेट विनियोजन नगरी प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिएको बताएका छन्। राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
दीर्घकालीन रूपमा कुन क्षेत्रमा अवसर छ र कुन क्षेत्रमा फाइदा आउने सम्भावना हुन्छ, त्यही हिसाबमा लगानी गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।
बजेट विनियोजन गर्दा अनुशासन कायम गर्ने, जथाभाबी विनियोजन नगर्ने, प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिइसकेको भन्दै अर्थमन्त्री महतले भने, “त्यसको नतिजा बिस्तारै आउँदै छ। हाम्रो संरचनामा उदासीनता छ, यस्तै हो भन्ने प्रवृत्ति छ त्यसलाई तोडेर हिँड्नका लागि समय लाग्दो रहेछ। हामी निजी, सरकारी, बाहिर भित्र नभनीकन एउटा लयमा काम गरौँ यसले नतिजा आउँछ।”
उनले ऋण लिएर तिर्दिनँ भन्ने छुट कसैलाई नभएको बताए। “आँखा चिम्लेर मैले ऋण लिएँ, लिएपछि भोलि फिर्ता गर्नुपर्दैनँ जस्तो गरेर त्यसमा नलागौँ,” उनले भने।
राजस्वको संरचना परिवर्तन भइरहेको भन्दै उनले आन्तरिक कारोबार पनि अनलाइन र डिजिटल हुन थालेको बताए। उनले भने, “अब पुरानो सोचबाट भएन, पुरानो व्यवसायहरू हराउँदै गइरहेका छन्, अनलाइन व्यवसायहरू बढ्न थालेका छन्। जसरी व्यवसायको संरचना परिवर्तन भयो त्यसैगरी करको संरचना पनि परिवर्तन हुँदैछ।”
निजी क्षेत्रसहित सबै मिलेर देशको अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको भन्दै उनले आन्तरिक राजस्वको आधारमा विनिमयको जिम्मेवारीमा ठूलो चुनौती रहेको उल्लेख गरे। पछिल्लो समय देशको अर्थतन्त्र सुधारको अवस्थातर्फ लागेको दाबी पनि अर्थमन्त्री महतले गरे।
रोजगारी सिर्जना गर्ने, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले, ठूलो लगानी सम्मेलनको तयारी भइरहेको उल्लेख गर्दै उनले सम्मेलनमा बाहिरबाट ल्याउने मात्रै नभई देशभित्रका लगानीकर्ताहरूलाई कहाँ–कहाँ सहजता गर्नुपर्ने हो, त्यो गर्न तयार रहेको उनले बताए। उनले भने, “हामी यो यो गर्छौं भन्ने कुरा पनि प्रस्तावसहित आए आन्तरिक लगानी र बाह्य लगानी पनि बढाउने योजनाका साथ हामी जाँदै छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
