केहीदिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। उक्त घटनापछि भारतमा डिपफेकविरुद्ध कडा नियम बनाउनुपर्ने बहस छेडिएको छ।
भारत सरकारले डिपफेक प्रविधिमाथि कडा नियमन गर्न कानून निर्माण गर्न लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार केन्द्र सरकारले गुगल, फेसबुक, युट्युबलगायत अनलाइन प्लेटफर्मसँग छलफल गरेको थियो। उक्त बैठकपछि केन्द्रीय मन्त्री अश्विनी वैष्णवले महत्त्वपूर्ण विषयमा सहमति भएको बताए।
डिपफेक लोकतन्त्रका लागि नयाँ खतरा बन्दै गएको बताइन्छ। त्यही भएर पनि भारत सरकारले यसको विरुद्ध तत्काल कदम उठाउन लागेको मन्त्री वैष्णवले बताएका छन्। डिपफेकबाट सिर्जित चुनौतीसँग जुध्न कडा नियम बनाउने उनको भनाइ छ। यस विषयमा अर्को बैठ डिसेम्बर पहिलो हप्ता बस्ने तय भएको छ।
‘डिपफेक’ प्रविधिले निम्त्याउँदै संकट, सुविधाका नाममा बढ्दो चुनौती
केही दिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। पछि उक्त भिडियो वास्तविक नभएको र डिपफेक गरेर रश्मिकाको अनुहार राखिएको पुष्टि भएको थियो। त्यो घटनासँगै डिपफेकलाई लिएर भारतमा यसलाई नियन्त्रण गर्नुपर्ने बहस छेडिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
