कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उकालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.८७ अंकले उकालो लागेर एक हजार ८६०.२० मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७६ अंकले उकालो लागेर ३५६.९८ मा पुगेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कुल ४४ लाख २० हजार ५१८ कित्ता शेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको १३ करोड १० लाख ७६ हजार १०५ रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै, सोनापुर मिनरल्स नौ करोड ५८ लाख १६९, सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेड पाँच करोड ४१ लख ९८ हजार १८१, सिटिजन लाइफ इन्स्योरेन्स पाँच करोड ३० लाख ४४ हजार ४८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच करोड २१ लख २७ हजार ७१४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, थ्री स्टार हाइड्रोपावर ८.५८, सिक्लेस हाइड्रोपावर ८.५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ८.२५ र सानिमा जीआइसी इन्स्योरेन्सका लगानीकर्ताले ६.३१ प्रतिशतले कमाएका छन्।
यस्तै, नवील बैंक ८.२०, किसान लघुवित्त ५.७८, सपोर्ट माइक्रोफाइनान्स ५.३४, माहुली लघुवित्त ४.५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले ३.७३ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
