नेपाल विद्युत् प्राधिकरणले साउनदेखि कात्तिकसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको जनाएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा (साउन–कात्तिक)मा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।
प्राधिकरणले यो अवधिमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् भारतलाई बेचेर १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो। प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९/८० को यही अवधिमा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरेर ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी भएको थियो।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् गत २८ जेठबाट भारतीय बजारमा बिक्री शुरू गरेको थियो। त्यसयता कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात भएको छ। यसबाट १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनायो।
प्राधिकरणका अनुसार साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट ९ रुपैयाँ १८ पैसा छ। गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ७६ पैसा थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताए।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम ली–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
