मतदानलाई अवरोध हुन नदिन सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका सचिव सिंहले बताए।
काठमाडौं– सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ। गृह मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो।
शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ रहेको बताए। निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिन सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।
उनले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे। "सबै ठाउँमा निर्वाचनलाई कुनै पनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ। मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु", उनले भने।
गृह मन्त्रालयले शनिबार काभ्रेपलान्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो। आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
