दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ।
अमेरिकाको अल्बामा राज्यकी केल्सी ह्याचर १४ वर्ष पहिले आफूसँग दुई वटा पाठेघर भएको थाहा पाउँदा आश्चर्यचकित भएकी थिइन्। त्यतिबेला उनी १७ वर्षकी थिइन्।
त्यसको केही समयपछि उनको बिहे भयो। अहिले उनका ६, ४ र २ वर्षका तीन सन्तान छन्। सबै सामान्य प्रसूतिबाटै जन्मेका हुन्। तर अहिले भने उनका दुईवटै पाठेघरमा बच्चा छन्।
शुरूमा त डाक्टरले उनलाई पेटमा एउटा मात्र बच्चा छ भनेका थिए। तर उनले आफूसँग दुईवटा पाठेघर भएको र कतै दुवैमा पो गर्भ छ कि भनेर राम्रोसँग जाँच्न भनेकी थिइन्। त्यसपछि डाक्टरले पनि दुईवटा शिशु भएको थाहा पाए। दुवै शिशु फरक फरक पाठेघरमा भएको कुराले ह्याचर छक्क परिन् साथै खुशी पनि भइन्।
फक्स न्युजका अनुसार अहिले ८ महिनाकी गर्भवती उनी अलिकति डराएकी छिन्। हुन त गर्भमा दुवै भ्रूण स्वस्थ अवस्थामा छन्। तर यो नयाँ अनुभव भएकाले मन आत्तिएको उनले बताएकी छन्। साथै उनले यो प्रसूति सुरक्षित हुने विश्वास रहेको बताएकी छन्।
बर्मिंघम अस्पतालको प्रसूति र स्त्री रोग विज्ञान विभागकी एमडी तथा ह्याचरको प्रसूति विशेषज्ञ श्वेता पटेल उनको गर्भावस्थालाई निकै आश्चर्यजनक भएको बताउँछिन्।
दुईवटा पाठेघर भएको यस दुर्लभ अवस्थालाई चिकित्सकीय भाषामा ‘युटेरस डिडेल्फिस’ भनिन्छ। यो निकै दुर्लभ अवस्था हो। यस्तै दुवै पाठेघरमा गर्भ बस्नु झनै दुर्लभ मानिन्छ। पाँच करोड महिलामा एक जनामा मात्र यस्तो हुने एमडी पटेलको भनाइ छ।
यो दुर्लभ घटना भएकाले उनको हेरचाहमा डाक्टरहरू खटिएका छन्। उनको हरपलको रेकर्ड राखिरहेका छन्। डाक्टरले उनी सुत्केरी हुने मिति डिसेम्बर २२ तारिख तोकेको छ। यसअघि तीनपटक सुत्केरी भइसकेकी उनलाई यसपटक पनि सुरक्षित प्रसूति हुने विश्वास छ। तर, यदि त्यस्तो भएन भने सल्यक्रियाबाट बच्चा निकाल्ने उनका डाक्टरले बताएका छन्। डाक्टरले अबको एक महिनापछिको समय तोकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
