प्रहरीले काठमाडौँ, उदयपुरसहितका जिल्लाका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।
काठमाडौँ– नेपाल प्रहरीले देशका विभिन्न स्थानमा सात जना मृत फेला परेको जनाएको छ।
काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय संगम पोख्रेल आ–आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन्।
उदयपुर, त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदीप वाग्ले आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्। रूकुम पश्चिम, चौरजहारी नगरपालिका–५ भाग्री बस्ने ७८ वर्षीय रामबहादुर सार्की सोही ठाउँस्थित सिञ्चाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिरहा, नवराजपुर गाउँपालिका–३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
