सरकारले गर्‍यो युद्धविरामको स्वागत, विपिन जोशीको तत्काल रिहाइका लागि आह्वान

नेपाल सरकारले इजरायल र हमासबीच भएको युद्धविराम गर्ने सहमतिको स्वागत गर्दै विपिन जोशीको शीघ्र रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ।

काठमाडौँ– सरकारले पश्चिम एशियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ।

मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त सहमतिको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर स्वागत गरेको हो।

कतार अधिराज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासमा भएको उक्त सहमतिको नेपालले सराहना गरेको छ। सरकारले नेपाली नागरिक विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग आह्वान गरेको छ। 

विद्यार्थीका रूपमा इजरायल पुगेका जोशी हमास समूहको नियन्त्रणमा रहेको बताइएको छ। बुधबार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो।