शुक्रबारको मौसम: वर्षा र हिमपातको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागकै केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। 

साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी भूभागमा राति पनि आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।