बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जना पक्राउ

प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए

प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। 

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको एसएसपी खत्रीले बताए।