जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको छ।
काठमाडाैँ– प्रहरीले काठमाडाैँको तीनकुने क्षेत्रबाट दुर्गा प्रसाईं समर्थकलाई नियन्त्रणमा लिन थालेको छ। प्रसाईंको आह्वानमा प्रदर्शन गर्न त्यहाँ पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो। साथै एकै ठाउँमा भेला हुन पनि दिइरहेको छैन।
यस्तै, दुर्गा प्रसाईंको भक्तपुरस्थित निवास र आसपास क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको हो।
प्रसाईं समूहले शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपछि प्रशासनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै उक्त समूहले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको प्रष्ट पारेको थियो।
बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए। सो क्रममा उनले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको प्रशासनको निष्कर्ष छ। शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीत गतिविधि गरेमा कानून बमोजिम कारबाही गर्नेसमेत काठमाडौँ प्रशासनको चेतावनी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
