बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।
काठमाडौँ– भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रोशनीकुमारी श्रेष्ठले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताएकी छन्।
प्रसाईंकै सुरक्षाका लागि उनको घरमा प्रहरी खटाइएको सीडीओ श्रेष्ठको भनाइ छ।
दुर्गा प्रसाईंलाई भक्तपुरमा नजरबन्दमा राखिएको हो भन्ने प्रश्नमा श्रेष्ठले भनिन्, “कसले भन्यो त्यो। त्यो भन्यो नै कसले भन्ने कुरा नै हामीलाई थाहा भएन। घरभित्र त जो पनि बसिहाल्छ। उहाँ आफै म बाहिर निस्किन्न भनेर विज्ञप्ति निकाल्नुभएको छ। सुरक्षाकर्मी मात्र पठाएका छौँ हामीले।”
प्रसाईंले नै आफू शुक्रबार बाहिर ननिस्किने र आन्दोलन अरूकै नेतृत्वमा हुने भन्दै विज्ञप्ति निकालेको श्रेष्ठले बताइन्। नजरबन्दमा राखिएको समाचार गलत भएको उनको भनाइ छ।
“उहाँ अहिले पनि आफू मात्रै निस्किनुहुन्छ भने सुरक्षासहित निकाल्छौँ,” उनले भनिन्, “कार्यक्रम गर्ने हो भने ‘भेन्यु फिक्स’ गरेर चिठीसहित आउनुपर्यो। त्यो अनुसारले परिचालन गर्छौँ। कसैलाई पनि त्यति सजिलै नजरबन्दमा राखिँदैन।”
बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
