मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु

मनहरी गाउँपालिका–६ खयरघारीस्थित राप्ति र लोथर खोलाको दोभानमा खर काट्न गएका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

सांकेतिक तस्वीर

काठमाडौँ– मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

मनहरी गाउँपालिका–६ खयरघारीस्थित राप्ति र लोथर खोलाको दोभानमा खर काट्न गएका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको हो। 

चितवनको राप्ति नगरपालिका–१ दुबीचौर निवासी पौडेललाई शुक्रबार बिहान १०: १५ बजे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। 

खबर प्राप्त भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।