यो वर्ष एक लाख रुपैयाँको मखमली फूलका माला विदेश निर्यात भएको छन्। माला निर्यात हुने देशहरूमा अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन्।
काठमाडौँ– यो वर्षको तिहारमा २४ करोड रुपैयाँ मूल्य बराबरको फूलको कारोबार भएको छ। अघिल्लो वर्षको तिहारमा २६ करोड रुपैयाँको कारोबार भएकामा यो वर्ष दुई करोड रुपैयाँ कम कारोबार भएको हो।
यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।
“गत वर्षको तिहारमा एक सय रुपैयाँमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर ६५ रुपैयाँमा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी हुनु हो,” अध्यक्ष तामाङले भने।
यो वर्षको तिहारमा ३१ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै सात करोड रुपैयाँ कम कारोबार भएको छ। यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ।
भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ। यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ।
पछिल्लो समय बजार माग वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा २५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन्।
यो वर्ष एक लाख रुपैयाँको मखमली फूलका माला विदेश निर्यात भएको छन्। माला निर्यात हुने देशहरूमा अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
