नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस भएको छ।
काठमाडौँ– नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस भएको छ।
सैनिक मुख्यालयमा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्दललाई रथीमा बढुवा गर्न सिफारिस गरेसँगै जङ्गी अडाले सात दिने सूचनासमेत जारी गरिएको छ।
सूचनामा बढुवा सिफारिस निर्णयउपर चित्त नबुझ्ने सैनिक व्यक्तिले सूचना प्रकाशन गरेको सात दिनभित्र आफू बढुवामा समावेश हुनुपर्ने स्पष्ट र वस्तुगत आधारसहित परिचय खुल्ने गरी निवेदन दिने भनिएको छ। निवेदकको परिचय गोप्य राखिने पनि सूचनामा जनाइएको छ।
सूचना प्रकाशन गर्ने निकायबाहेक अन्य निकायमा परेको निवेदन र बेनामी तथा पूर्ण विवरणबिनाको निवेदन उपर कुनै कारबाही नहुने सैनिकसचिव ज्योतिन्द्र महतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रधानसेनापतिको रोल क्रममा रहेका ताराध्वज पाण्डेले उमेर विवादमा परेपछि व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए। मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार स्वीकृत गरेको थियो। त्यसपछि जंगी अड्डाले रथीमा सिग्देलको नाम सिफारिस गरेको हो। रथी बढुवासँगै उनी अब प्रधानसेनापति बन्ने लाइनमा रहने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
