उकालो साप्ताहिक ब्रिफिङ:

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भ्रातृ संगठन युवा संघबीच चलेको 'जुँगाको लडाईं'ले हिजो र आज राजधानीका केही भेग अस्तव्यस्त रहे। 'आन्दोलनकर्ता'ले काठमान्डौ पुरै ठप्प पारीदिने लगायत व्यवस्थै परिवर्तन हुनेसम्मका उँचा वाचा गरेपनी छिट्पुट घटना बाहेक काठमान्डौ चलिरह्यो। यसबिच दुबै पक्षले एकअर्कालाई उक्साउने देखी सुरक्षाकर्मीले चाहिने भन्दा बढी सतर्कता अपनाएको द्रिश्यहरु पनि देखिए। हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए Embed Code : हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए#arrest #nepalpolice #Protests #Kathmandu @DahalDeepa @nomadgorkhey pic.twitter.com/YSEztXnxWj— Ukaalo (@ukaalonews) November 24, 2023 कुनैबेला काँग्रेस, त्यसपछी माओवादी, झन पछी एमाले हुँदै मण्डल युगीन पन्च नेताहरुभन्दा अव्वल दर्जाका राजावादीमा परिणत भएका प्रसाईंले मंसिर ७ गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए। अर्कोतर्फ गणतन्त्रमाथि संगठित रूपले धावा बोलिएको, र व्यवस्थामाथि प्रश्न उठेकोले प्रतिवाद गर्न सडकमा आएको युवा संघका संयोजक महेश बस्नेतको दावी थियो। हिजो भएको प्रदर्शनमा बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थालेको थियो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्‍यो ।हेर्नुहोस्: बल्खुचोकमा बिहीबार दिनभर जे देखियो… बैंकबाट लिएको ऋणले घरजग्गा लिलाम भएका व्यक्तिहरू जम्मा गरेर काठमाडौँ केन्द्रित प्रदर्शनमा उत्रिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पूर्वमाओवादी लडाकु र कार्यकर्ताहरूले दह्रोसँग साथ दिएको देखिएको थियो। राजसंस्था फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले वित्तीय संस्थाहरूविरुद्ध प्रचार गर्ने र २० लाखसम्म ऋण मिनाहा …

मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमालेको भ्रातृ संगठन युवा संघबीच चलेको 'जुँगाको लडाईं'ले हिजो आज राजधानीका केही भेग अस्तव्यस्त रहे।



 



'आन्दोलनकर्ता'ले काठमान्डौ पुरै ठप्प पारीदिने लगायत व्यवस्थै परिवर्तन हुनेसम्मका उँचा वाचा गरेपनी छिट्पुट घटना बाहेक काठमान्डौ चलिरह्यो। यसबिच दुबै पक्षले एकअर्कालाई उक्साउने देखी सुरक्षाकर्मीले चाहिने भन्दा बढी सतर्कता अपनाएको द्रिश्यहरु पनि देखिए।



 



हिँड्दाहिँड्दै समातिए, बोल्दाबोल्दै मुख थुनिए



 



Embed Code :



 





 



कुनैबेला काँग्रेस, त्यसपछी माओवादी, झन पछी एमाले हुँदै मण्डल युगीन पन्च नेताहरुभन्दा अव्वल दर्जाका राजावादीमा परिणत भएका प्रसाईंले मंसिर गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानघोषणा गरेका थिए। अर्कोतर्फ गणतन्त्रमाथि संगठित रूपले धावा बोलिएको, व्यवस्थामाथि प्रश्न उठेकोले प्रतिवाद गर्न सडकमा आएको युवा संघका संयोजक महेश बस्नेतको दावी थियो।



 



हिजो भएको प्रदर्शनमा बल्खुबाट कालीमाटीतिर जान रोकिएपछि भिडबाट प्रहरीतर्फ ढुंगा प्रहार हुन थालेको थियो। जवाफमा प्रहरीले पनि दर्जनौँ टियर ग्यास प्रहार गर्यो



हेर्नुहोस्: बल्खुचोकमा बिहीबार दिनभर जे देखियो



 



बैंकबाट लिएको ऋणले घरजग्गा लिलाम भएका व्यक्तिहरू जम्मा गरेर काठमाडौँ केन्द्रित प्रदर्शनमा उत्रिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पूर्वमाओवादी लडाकु कार्यकर्ताहरूले दह्रोसँग साथ दिएको देखिएको थियो



 



 



राजसंस्था फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले वित्तीय संस्थाहरूविरुद्ध प्रचार गर्ने २० लाखसम्म ऋण मिनाहा हुनुपर्ने बताउने गरेका छन्। आफैँले पनि विभिन्न बैंकबाट करिब साढे अर्ब ऋण लिएका छन्।



विस्त्रित: आफैँ एक ठाउँ नअडिने दुर्गा प्रसाईंले शक्ति ठानेको ऋण मिनाहा कार्ड



 



सम्बन्धित: ऋणबाट मुक्ति पाइने ठानेर प्रसाईंको आन्दोलनमा आएका महिला



 



सतहमा हेर्दा यो 'भिडन्त' प्रसाईँ बस्नेत बिचको संघर्ष जस्तो देखिएपनी यसको प्रिष्ठभुमीमा एमाले अध्यक्ष ओली जोडीएका छन्। दुई वर्षअघि केपी शर्मा ओलीलाई हजुरबा साइनो लगाएर एमाले प्रवेश गरी आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका दुर्गा प्रसाईंको अभिष्ट पूरा भएन नै, अहिले ओलीसँगै मुडभेडको अवस्थामा पुगेका छन्। थप: हजुरबानातिनातादेखि मुठभेडसम्म



 



तीनकुनेमा युवा संघ बल्खुमा प्रसाईं समूहको प्रदर्शन, हेर्नुहोस् तस्वीरमा



 



सरकार भने अली अगाडि देखीनै मंसीर७ को प्रदर्शनी वरपर अति तदारुकता देखाउँदै आएको थियो। जम्माजम्मी एक दिनका लागि घोषणा गरिएको, दुई समूहद्वारा आयोजित बिहीबारको काठमाडौँकेन्द्रित शक्ति प्रदर्शन कस्तो होला त्यसले के गर्ला भन्ने प्रष्ट नहुँदै सरकारले यही बहानामा काठमाडौँ उपत्यकामा संकटकालीन अवस्थाकै झल्को दिनेगरी निषेधका आदेश जारी गर्ने शृंखला कायमै राखेको थियो। पढ्नुहोस्: निषेधाज्ञाका नाममा सीडीओ शासनको झल्को



 



ठुलै 'केही' हुने हौवा फैलिएको-फैलाईएको भएतापनि यि प्रदर्शनहरुमा केही अप्रिय घटना घटेनन्, 'छिट्पुट' मै सीमित रहे।



 



नाति-बाको सम्बन्धको असरको अपडेटपछी लागौं यस् हप्ताका अरु प्रमुख हेड्लाइन तर्फ:



 



इजरायलहमासबीच युद्धविराम सम्झौता कार्यान्वयन, केही बेरमा १३ जना बन्धक रिहा हुँदै 



 



बाबुआमाले ज्यान दिएर पढाएका मनोज सरसयौँ बालबालिकालाई ज्ञान बाँड्दै



 



माटो खोतलेर निकालिएकी प्रेमकलाको डाक्टर बन्ने सपना



 



काठमाडौँ उपत्यकामा कोठा खोजिदिएबापत मनोमानी असुली, 'रूम फाइन्डर'को नाममा बेलगाम ठगी



 



किन अधिक चोरिन्छन् उमामहेश्वरका मूर्ति?



 



सडक यातायातले जोडिएसँगै बदलिँदै गरेको कर्णालीको अनुहार [तस्वीरहरू]


 



युद्धले तहसनहस यमनको फुटबल: जसलाई बन्द प्रशिक्षण गर्न विदेशीले मैदान दिनुपर्छ



 



क्यान्टिन सञ्चालन विवादले खगेन्द्र नवजीवन केन्द्रमा झडप तालाबन्दी



 



तलब माग्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका चिकित्सककर्मचारी आन्दोलित, सेवा ठप्प



 



सामुदायिक वनले जन्माएका उद्यमीहरू



 



पूर्वपरराष्ट्रमन्त्री थापाको राष्ट्रपरराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्मसार्वजनिक