हमासले इजरायल, थाइल्यान्ड र फिलिपिन्सका गरी २४ बन्धकलाई रिहा गरेको छ।
काठमाडौँ– हमासले आफूले बन्धक बनाएका २४ जनालाई रिहा गरेको छ। कतारी र अन्य सरकारी अधिकारीलाई उद्धृत गर्दै सञ्चार संस्था एपी न्युजले जनाएअनुसार रिहा हुनेमा १३ जना इजरायली, १० जना थाइल्यान्ड र एक जना फिलिपिन्सका नागरिक छन्।
रिहा हुनेमा महिला बालबालिकासमेत रहेका छन्। इजरायल लानुपूर्व उनीहरूको स्वास्थ्य परीक्षण गर्न लागिएको छ। त्यसपछि उनीहरूलाई इजरायलका अस्पतालमा लगिने र त्यहाँ उनीहरूका परिवारका सदस्यसँग पुनर्मिलन गराइने छ।
गाजाले बन्धक बनाइएकाहरूलाई रिहा गरेपछि इजरायली जेलबाट केही संख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गर्न लागिएको कतारी मध्यस्थताकर्ताहरूले बताएका छन्। कति जना प्यालेस्टिनी कैदी रिहा हुँदै छन् भने खुलाइएको छैन। इजिप्ट र अमेरिकाको पहलमा कतारको मध्यस्थतामा इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएको हो।
गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेस्टिनीको मृत्यु भएको र कैयौँ विस्थापित भएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
