कस्तो रहनेछ शनिबारको मौसम?

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सुदूरपश्चिम र कर्णालीलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, राति कर्णाली र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

देशभरको तापक्रम क्रमशः घट्दो क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।