पर्वतको कुस्मा–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
लिस्बन– आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ।
पर्वतको कुस्मा–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
खड्काका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते क्षेत्रीलाई उपचारका लागि शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा गलिएको थियो। त्यहीँ उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो।
उनको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए। पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई स्याङ्जा पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरेका थिए।
मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए। त्यसपछि फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल आएका हुन्। दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
