मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, नौ वर्षीय मानसिं बुढा तथा १८ महिनाका कार्तिक चन्द र सात वर्षीय कृष चन्द छन्।
काठमाडौँ– बर्दियाको गुलरिया–४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।
स्थानीय भरत चन्दको घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुदिर शाहीले जानकारी दिए।
एसपी शाहीका अनुसार आगलागी शुक्रबार राति ११ बजेतिर भएको हो। चारै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष सुरेश गौतमले बताए।
मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, नौ वर्षीय मानसिं बुढा तथा १८ महिनाका कार्तिक चन्द र सात वर्षीय कृष चन्द छन्।
आगलागीमा घाइते भएको २८ वर्षीया करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको वडाध्यक्ष गौतमले बताए।
वडाध्यक्ष गौतमका अनुसार राधा आफ्नो छोरा मानसिंसहित शुक्रबार बेलुका भाई भरतको घरमा गएकी थिइन्। कार्तिक र कृष भने भरतका छोरा हुन्।
“राति मकलमा आगो बालेर सुत्नुभएको रहेछ। त्यसबाट नै आगो फैलिएको प्रारम्भिक अनुमान गरेका छौँ,” उनले उकालोसँग भने, “आगलागीबाट उहाँहरू सुत्नुभएको कोठामा मात्र क्षति पुगेको छ। अन्य फैलिएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
