पोखराको सहारा क्लबले तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५५५ रुपैयाँ जाजरकोट भूकम्पका पीडितलाई प्रदान गरेको छ।
कास्की– पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ।
तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५५५ रुपैयाँ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।
क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनको भनाइ छ। क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ।
हाल क्लबमा १२ जना बालकले आश्रय पाएका छन्। एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ।
क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको फुटबल प्रतियोगितासमेत आयोजना गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
