माओवादी अध्यक्ष प्रचण्डले चितवनबाट गरे मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल, शान्तिपुर ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका छन्।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्।

चितवनको नेपाल पुलिस स्कुल, शान्तिपुर ‘क’ केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन्। प्रचण्ड गोरखा–२ बाट प्रतिनिधिसभामा उम्मेदवार छन्। मतदानपछि प्रचण्डले याे निर्वाचन ऐतिहासिक भएको बताए।