मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ।
काठमाडौँ– पर्सामा पाँच सयभन्दा बढी दलित विद्यार्थीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालनको अगुवाइ गरेका शिक्षक मनोज रामलाई काठमाडौँमा सम्मान गरिएको छ। पर्सा मिलन केन्द्र, काठमाडौँले एक कार्यक्रमबीच शनिबार मनोज रामलाई सम्मान गरेको गरेको हो।
गाउँघरका बालबालिकालाई अशिक्षाको अन्धकारबाट शिक्षाको ज्योतितर्फ डोर्याउने सामाजिक अभियन्तासमेत रहेका मनोजलाई अनुकरणीय योगदानबापत सम्मानित गरिएको पर्सा मिलन केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए।
अनेक बाधा अप्ठ्याराबीच आफूले पढाइ पूरा गरेर निमावि तहको शिक्षक बन्न सकेका मनोजले आर्थिक विपन्नता र विभेदयुक्त सामाजिक संरचनाका कारण पढाइमा पछाडि नपरून् भनेर २०७६ सालदेखि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएका छन्। उनको प्रेरककथा केही समयअगाडि उकालोले प्रकाशन गरेको थियो।
“मलाई एक जना साथीले उकालोडट्कममा प्रकाशित मनोज रामको कथाको लिंक पठाएका थिए, मैले पढेँ, अत्यन्त मार्मिक लाग्यो। हामीले पर्सा मिलन केन्द्रका पदाधिकारी सदस्यबीच छलफल गर्यौँ, यस्तो व्यक्तित्वलाई सम्मानित गर्नु पर्छ भनेर निष्कर्ष आयो,” अध्यक्ष गुप्ताले भने, “२३औँ पर्सा दिवसको अवसर पारेर ललितपुरमा पर्सा मिलन केन्द्र काठमाडौँले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा मनोज रामसमेतलाई सम्मानित गरिएको छ।”
मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ। मनोज पिसफोर दलित फाउन्डेसन नेपालका अध्यक्ष तथा संस्थापक पनि हुन्। उक्त संस्थाले निःशुल्क ट्युसन कक्षा सञ्चालनसँगै मधेश प्रदेशमा दलित समुदायको उत्थानका लागि काम गर्ने गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि रहेका उपराष्ट्रपति रामसहाय यादवले उनलाई सम्मानपत्र प्रदान गरेका थिए। विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले दोसल्ला ओढाए। उक्त अवसरमा केन्द्रले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका १० पर्सावासीलाई सम्मानित गरेको छ।
शिक्षामा त्रिभुवन विश्वविद्यालयका वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेश तिवारी, स्वास्थ्यमा स्त्री रोग विशेषज्ञ डा. अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यमा दिनेश गुप्ता, उद्यममा उद्योगी ताराचन्द केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधानलगायतलाई सम्मानित गरिएको केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
